वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रसुवाका जलविद्युत् आयोजनामा बाढीको ठूलो क्षति, ३५० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडबाट विच्छेद

रसुवाका जलविद्युत् आयोजनामा बाढीको ठूलो क्षति, ३५० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडबाट विच्छेद
अर्थटुडे
२०८३ भाद्र १०, बुधबार

काठमाडौं । बुधबार बिहान आएको भीषण बाढीले रसुवा तथा आसपासका क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनाका पावरहाउस र अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण करिब ३५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बाढीले रसुवागढी जलविद्युत् आयोजना ९१११ मेगावाट०, त्रिशूली–३बी हब, त्रिशूली जलविद्युत् आयोजना ९२४ मेगावाट०, माथिल्लो त्रिशूली–३ए ९६० मेगावाट० र देवीघाट जलविद्युत् आयोजना ९१४।८ मेगावाट० का पावरहाउस तथा सम्बन्धित पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ ।

बाढीको तीव्र बहावका कारण प्रसारण लाइन तथा अन्य प्राविधिक संरचनामा समेत क्षति पुगेको छ । त्रिशूली–३ बी २२० र १३२ र ३३ केभी क्षमताको प्रसारण सबस्टेसन हो । यस हबमार्फत त्रिशूली र रसुवा क्षेत्रमा सञ्चालित आयोजनाबाट उत्पादित करिब ६०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने क्षमता रहेको छ ।

तर, बाढीका कारण संरचनामा क्षति पुगेपछि उक्त क्षेत्रबाट राष्ट्रिय ग्रिडमा जोडिएको करिब ३५० मेगावाट विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।

बाढीबाट आयोजनाका भौतिक संरचनामा क्षति पुगेपछि त्यहाँ कार्यरत कर्मचारी तथा प्राविधिकसँग समेत सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ । उनीहरूको अवस्था बुझ्न तथा प्रभावित क्षेत्रमा सम्पर्क स्थापित गर्न उद्धार तथा प्राविधिक टोली परिचालनको तयारी भइरहेको छ ।

प्राधिकरणका अनुसार घटनास्थलमा उच्चस्तरीय टोलीसहित उद्धार टोली पठाउने तयारी भइरहेको छ । बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने स्थलगत निरीक्षणपछि मात्रै यकिन हुने जनाइएको छ ।

May be an image of text

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?