वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढीले बैंक तथा वित्तीय संस्थाका १८ शाखा ध्वस्त

बाढीले बैंक तथा वित्तीय संस्थाका १८ शाखा ध्वस्त
अर्थटुडे
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीले बैंक तथा वित्तीय संस्थाका १८ वटा शाखा कार्यालयमा पूर्ण क्षति पुर्‍याएको छ ।

बाढीका कारण टिमुरेमा सञ्चालनमा रहेका ९ वटा वाणिज्य बैंकका शाखा कार्यालय पूर्ण रूपमा बाढीमा विलय भएका छन् । ती शाखामा रहेका बैंकिङ संरचना तथा भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।

त्यस्तै, ज्योति विकास बैंकका ४ वटा शाखा, लुम्बिनी विकास बैंकका २ वटा, मुक्तिनाथ विकास बैंकको १ वटा, सांग्रिला विकास बैंकको १ वटा तथा आईसिएफसी फाइनान्सको १ वटा शाखा कार्यालयमा पनि पूर्ण क्षति भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार बाढीबाट बैंक तथा वित्तीय संस्थाका कुल १८ वटा शाखा कार्यालय ध्वस्त भएका हुन् ।

बाढीका कारण शाखा कार्यालयका भवन, उपकरण तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा बैंकिङ सेवा समेत प्रभावित भएको छ ।

प्राकृतिक विपद्का कारण वित्तीय संस्थाका पूर्वाधारमै ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा बैंकिङ सेवा पुनः सञ्चालन गर्न चुनौती थपिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?