काठमाडौं । बाढी पहिरोलगायत प्राकृतिक विपद्द्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ। सूर्य नेपालका प्रतिनिधिहरूले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरे।
सूर्य नेपालले दिएको १५ करोड रुपैयाँ पूर्वजानकारीसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रबाट प्राप्त भएको हालसम्मकै ठूलो सहयोग रकम भएको बताइएको छ।
विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले निजी क्षेत्र तथा विभिन्न संघसंस्थालाई सहयोग गर्न आह्वान गरिरहेका बेला सूर्य नेपालले ठूलो रकम सहयोग गरेको हो।
प्रतिक्रिया