वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोटेकोशी बाढी

निर्जीवन बीमा कम्पनीमा २६ अर्बको दावी, अर्थमन्त्रीले भने : भुक्तानी सरल बनाऔं

निर्जीवन बीमा कम्पनीमा २६ अर्बको दावी, अर्थमन्त्रीले भने : भुक्तानी सरल बनाऔं
अर्थटुडे
२०८३ भाद्र १७, बुधबार

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण निर्जीवन बीमा कम्पनीहरुमा करिव २६ अर्ब बराबरको दावी परेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार सोमबारसम्ममा १४ ओटा निर्जीवन बीमा र एक लघुबीमा कम्पनीमा गरी ५८३ ओटा दावी परेको हो । जसबाट २५ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ दावी परेको छ ।

दाबी रकमका आधारमा दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । ओरिएन्टल इन्स्योरेन्समा ८ वटा दाबीबाट मात्रै १३ अर्ब ४ करोड २९ लाख रुपैयाँ बराबरको प्रारम्भिक क्षतिको दाबी परेको छ ।

बीमालेखअन्तर्गत सबैभन्दा बढी ठेक्का तथा इन्जिनियरिङ जोखिम शीर्षकमा २० अर्ब ५० करोड रुपैयाँ बराबरको दाबी परेको छ । भोटेकोशी र त्रिशूली नदीमा रहेका एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेकाले बीमा दाबीको रकम उल्लेख्य बढेको हो ।

जलविद्युत् आयोजनाहरूले निर्माण जोखिम, ठेकेदार तथा इन्जिनियरिङ जोखिम, सम्पत्ति जोखिम, मेसिनरी जोखिमका साथै व्यावसायिक घाटाको समेत बीमा गराएका हुन्छन् ।

बाढीले विभिन्न जलविद्युत आयोजनाका साथै चीनबाट सामान ल्याउँदै गरेका ट्रक, कन्टेनरलगायतका मालवाहक सामानका क्षति हुँदा दावीको रकम ठूला देखिएको छ । यस्तै रसुवा र नुवाकोटका ठुला बजार बाढीले प्रभावित हुँदा व्यवसायीक तथा निजी घरहरु तथा सम्पतिमा पनि क्षति पुगेको छ । बाढीले ठूलो क्षति भएकाले कम्पनीहरुमा पनि ठूलो आकारमा दावी पर्ने बीमकहरुको अनुमान छ ।

गत वर्षपनि भोटेकोशी बाढीका कारण कन्टेनरहरु बगाउदा कम्पनीहरुले ९८ करोड ५९ लाख रुपैयाँ बराबरको बीमा दावी परेको प्राधिकरणको तथ्यांक छ ।

यसैबीच अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बाढीप्रभावितहरुको बीमा दावी सहज र सरल रुपमा गर्न बीमकहरुलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा नेपाल बीमा प्राधिकरण र बीमकहरुसँगको छलफलमा उनले सरकारले आवश्यक सहजिकरण गर्न तयार रहेको पनि बताए ।

‘बाढीका कारण देश शोकमा छ। यो कठिन अवस्थामा सबैजना हातेमालो गरौँ। पीडितको क्षतिमा बीमा कम्पनीहरूले मल्हम लगाऔँ। दाबी भुक्तानीलाई सहज र सरल बनाऔँ,’ अर्थमन्त्री वाग्लेले भने, ‘बरु बीमा कम्पनीहरूलाई कुनै समस्या भयो र सरकारले केही गर्नुपर्ने अवस्था आयो भने भन्नुहोला। हामी सहयोग गर्न तयार छौँ।’

कुन कम्पनीमा कतिकाे दाबी ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?