काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा भावुक सम्बोधन गरेका छन् । उनले सुरुमा नै आफू विशेष जिम्बेबारी सहित सार्बभौम संसदको रोष्टमा उभिएको बताउदै रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताए ।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो । बाढीमा परेको नागरिकहरुको चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ ।’
उनले भनेका छन्, ‘आफ्ना मान्छे अझै नभेटेर बाटो हेरिरहनुभएका नागरिकहरुको पिडा पनि म गहिरोसँग महसुस गर्न सक्छु । मन भक्कानिदा पनि एक आपसमा विलौना गर्ने समय छैन ।’
उनले प्रतिनिधिसभामा बाढी आएपछि सरकारले चालेका सवै कदमको विस्तृत विवरण दिदै टनेलभित्र भएका मानिसहरुको उद्धार गर्नका लागि प्राविधिकहरु पर्याप्त नभएको दावी गरे ।
उनले सरकारले बाढी गए लगत्तै चिन र भारतले फसेका जनताको उद्धारका लागि रेकी गरिरहेपनि त्यहाँको विकराल अवस्थाका कारण उद्धारमा सहभागि हुन नसकेको बताए ।
उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
प्रधानमन्त्री शाहले बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको जानकारी दिए ।
उनले ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको र २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको पनि प्रधानमन्त्री शाहले जानकारी दिए ।
प्रतिक्रिया