वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केन्द्रिय बैंकसँग साढे ३९ खर्ब रुपैयाँ विदेशी मुद्रा

केन्द्रिय बैंकसँग साढे ३९ खर्ब रुपैयाँ विदेशी मुद्रा
अर्थटुडे
२०८३ आश्विन २, शुक्रबार

काठमाडौ । साउन मसान्तसम्ममा नेपाल राष्ट्र बैंकसँग ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ बराबरको विदेशी विनिमय संचिति रहेको छ । केन्द्रिय बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार असार मसान्तसम्ममा जम्मा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।  यो असार मसान्तको तुलनामा १.२ प्रतिशतले वृद्धि रहेको केन्द्रिय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०८३ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ । केन्द्रिय बैंकका अनुसार यो रकमले आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिनाको आयातलाई आधार मान्दा २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?