वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१३ महिनापछि पुनः सञ्चालनमा आयो भाटभटेनी

१३ महिनापछि पुनः सञ्चालनमा आयो भाटभटेनी
अर्थटुडे
२०८३ आश्विन ५, सोमबार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएको काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट १३ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

पुनर्निर्माण सम्पन्न भएसँगै भाटभटेनीले सोमबारदेखि आम उपभोक्ताका लागि सेवा पुनः सुरु गरेको हो । पुनः सञ्चालनको अवसरमा आयोजित विशेष कार्यक्रममा भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पानसमा दीप प्रज्वलन गरी सेवा शुभारम्भ गरेका थिए ।

आगलागीबाट भौतिक संरचनामा ठूलो क्षति भए पनि उपभोक्ताको विश्वास कायमै रहेको भाटभटेनीले जनाएको छ । १३ महिनाको पुनर्निर्माण र प्रतीक्षापछि पुनः उही सेवा र आत्मीयताका साथ उपभोक्तामाझ फर्किएको कम्पनीको भनाइ छ ।

आन्दोलनका क्रममा देशभर सञ्चालनमा रहेका भाटभटेनीका २७ स्टोरमध्ये २१ वटा आक्रमणको निशानामा परेका थिए । आगजनीबाट ध्वस्त भएका १२ स्टोरमध्ये क्रमशः पुनर्निर्माण गर्दै अहिलेसम्म १० वटा स्टोर पुनः सञ्चालनमा ल्याइसकिएको कम्पनीले जनाएको छ ।

भाटभटेनीले कठिन परिस्थितिमा धैर्य गर्दै पुनः सञ्चालनको प्रतीक्षा गर्ने तथा निरन्तर साथ र विश्वास प्रदान गर्ने सम्पूर्ण उपभोक्ताप्रति आभार व्यक्त गरेको छ । कम्पनीले पुनः सञ्चालनसँगै उपभोक्तालाई सेवा दिन आफूहरू थप प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?