काठमाडौ । चन्द्र ढकालका भाई हेमराज ढकालले सेयर बजारमा लगानी गर्ने कम्पनी हाथवे इन्भेष्टमेन्ट नेपालको २० लाख कित्ता सेयर बेच्ने भएका छन् । हाथवेको अन्तिम कारोबार मुल्य ४५२ रहेको छ । यसैलाई आधार मान्ने हो भने ढकालको सेयर ९० करोड ४० लाख रुपैयाँ बराबरको हुनेछ ।
कम्पनीले शुक्रबार नेपाल स्टक एक्सेचन्जलाई पत्र लेखी कम्पनीका सेयरधनी हेमराज ढकालले २० लाख कित्ता सेयर विक्रि गर्ने जानकारी दिएको हो ।
कम्पनीका अनुसार ढकालले आफूले किनेको २० लाख कित्ता सेयर ३ महिनाभित्र विक्रि गर्ने जनाएका छन्।
नेपाल धितोपत्र बोर्डले गत भदौ ९ गते कम्पनीहरुलाई निर्देशन जारी गरी ५ प्रतिशत वा सो भन्दा बढी सेयर लिएका सेयरधनीले आफूले लिएको सेयर विक्रि गर्न चाहेमा कम्तीमा १५ दिन अगाडी नै जानकारी गराउन भनेको थियो । सोही अनुसार हाथवेले ढकालको सेयर विक्रि गर्नु अगावै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जानकारी दिएको हो ।
ढकालले विहिबार मात्रै कम्पनीमा आफूले २० हजार कित्ता सेयर विक्रि गर्न चाहेको जानकारी दिएका थिए ।
प्रतिक्रिया