वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको सबैभन्दा ठूलो सहकारी सहारा नेपालको अध्यक्षमा खतिवडा

नेपालको सबैभन्दा ठूलो सहकारी सहारा नेपालको अध्यक्षमा खतिवडा
अर्थटुडे
२०८३ आश्विन ११, आईतवार

काठमाडौं । नेपालको ठूलो बचत तथा ऋण सहकारी संस्थामध्ये एक सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् । संस्थाको सञ्चालक समितिका लागि शनिबार भएको निर्वाचन परिणामअनुसार खतिवडाले २१ हजार ९८४ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका अन्य उम्मेदवारमध्ये उपेन्द्रप्रसाद ओलीले ७ हजार ३९७ र भरत कुमार गिरीले ४ हजार २६३ मत प्राप्त गरेका छन।

यसैगरी वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल निर्वाचित भए । उनले १८ हजार ९३९ मत प्राप्त गरेका छन् । उक्त पदका अन्य उम्मेदवार टेकनाथ खनालले ४ हजार ७९९, हेमराज गिरीले ४ हजार ९५ मत र ज्ञानुनाथ मैनालीले ५ हजार ६२७ मत प्राप्त गरेका छन्।

त्यस्तै, महिला उपाध्यक्षमा पार्वता भारती गिरी निर्वाचित भएकी छन् । उनले २० हजार ८१ मत प्राप्त गरिन् । महिला उपाध्यक्ष पदमा खिममाया बस्नेतले ५ हजार ५१०, गुहेश्वरी बुढाथोकीले ३ हजार ५८६ र हरिमाया सिग्देलले ३ हजार ८७१ मत प्राप्त गरेकी छिन् । कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य १९ हजार ५६३ मतले विजयी हुँदा प्रतिस्पर्धी भीमबहादुर गिरीले ७ हजार ४३ र भोला धितालले ६ हजार २४२ मत प्राप्त गरेका छन् ।

९ सदस्यीय सहारा नेपालको सञ्चालक समितिको खुला सदस्यतर्फ ५ जना निर्वाचित भए । निर्वाचन परिणामअनुसार खुल्ला सञ्चालकमा नारायणप्रसाद गिरी, मदनराज कटुवाल र रमेश सेढाई तथा महिला सञ्चालकमा राधिका चुडाल (हुमागाईं) र शिखा खड्का निर्वाचित भएका छन् ।

त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा डम्बरबहादुर देउजा निर्वाचित भएका छन् । उनले १२ हजार ५७० मत प्राप्त गरे । लेखा सदस्यतर्फ बबिता घिमिरे र सुनील कार्की निर्वाचित भएका छन् ।

सहारा नेपाल झापाको चारपानेमा मुख्य कार्यालय रहेको संस्था हो । एक लाख ९८ हजार सदस्य रहेको संस्थाको सेयर पुँजी १ अर्ब ७० करोड, १५ अर्ब ७१ करोड बचत संकलन र १२ अर्ब ८० करोड ऋण लगानी रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?