वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोटेकोशी बाढी : २१ अर्बको बीमा दाबी, ६७ लाख मात्रै भुक्तानी

भोटेकोशी बाढी : २१ अर्बको बीमा दाबी, ६७ लाख मात्रै भुक्तानी
अर्थटुडे
२०८३ आश्विन १५, बिहीबार

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा करिब २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणमा असोज १२ गतेसम्म प्राप्त विवरणअनुसार २ हजार १८० वटा बीमालेखबाट रु। २० अर्ब ९८ करोड ८७ लाख १२ हजार बराबरको प्रारम्भिक दाबी परेको हो । यसमध्ये हालसम्म रु। ६७ लाख ४८ हजार मात्रै भुक्तानी भएको छ ।

बाढी लगत्तै सरकारले पीडितलाई राहतका लागि बीमा दाबीको ५० प्रतिशत अग्रिम भुक्तानी दिने निर्णय गरेको थियो । तर, बीमा प्राधिकरणले शिघ्र तथा अग्रिम भुक्तानीका लागि आवश्यक कार्यविधि जारी नगर्दा भुक्तानीमा ढिलाई भएको बीमकहरुको भनाइ छ ।

प्राधिकरणले गत सातामात्र बीमा दाबी फछ्र्योटलाई सहज, सरल र छिटो बनाउन विशेष कार्यविधि जारी गरेको छ । प्राधिकरणले सञ्चालक समितिबाट स्वीकृत ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गरेको हो ।

प्राधिकरणको विवरणअनुसार सबैभन्दा ठूलो दाबी सम्पत्ति बीमातर्फ परेको छ। सम्पत्ति बीमाअन्तर्गत ५१८ वटा बीमालेखबाट रु. ९ अर्ब ४१ करोड ५८ लाख ५९ हजार बराबरको प्रारम्भिक दाबी परेको छ। यसमध्ये रु. ३८ लाख १४ हजार भुक्तानी भएको छ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत १६५ वटा बीमालेखबाट रु. ४ अर्ब ४१ करोड ४५ लाख ५६ हजार दाबी परेको छ। मोटर बीमामा १ हजार ६६ वटा बीमालेखबाट रु. ३ अर्ब ७ करोड ९३ लाख ८८ हजार र परिवहन बीमामा १०४ वटा बीमालेखबाट रु. २ अर्ब ४८ करोड ५१ लाख ५५ हजार बराबरको प्रारम्भिक दाबी परेको छ।

बीमा कम्पनीगत रूपमा हेर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा धेरै दाबी परेको छ। कम्पनीमा १५९ वटा बीमालेखबाट रु. ६ अर्ब २७ करोड ५१ लाख ३९ हजार बराबरको प्रारम्भिक दाबी परेको छ। त्यसपछि सानिमा जीआईसीमा रु. ३ अर्ब ५० करोड ७९ लाख ६८ हजार, शिखर इन्स्योरेन्समा रु. २ अर्ब ९९ करोड ५४ लाख ६४ हजार र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु. १ अर्ब ९३ करोड ६८ लाख १८ हजारको दाबी परेको विवरणमा उल्लेख छ।

हालसम्मको भुक्तानी भने निकै न्यून देखिएको छ । शिखरले रु. २६ लाख ६२ हजार, आईजीआई प्रुडेन्सियलले रु. २२ हजार, युनाइटेड अजोडले रु. ३३ लाख १४ हजार र एनएलजी इन्स्योरेन्सले रु. ७ लाख ५० हजार भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?