काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक डिभिजन जुम्लाको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम तीन निर्माण व्यवसायीआपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा परेका कम्पनीमध्ये दुईवटालाई तीन–तीन वर्ष र एउटालाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ । शंकरमाली निर्माण सेवा र मान शाही निर्माण सेवालाई तीन/तीन वर्षका लागि र कश्यप निर्माण सेवा तथा सप्लायर्स प्रालीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कार्यालयका अनुसार कालोसूचीमा राख्ने निर्णय २०८३ असोज १४ गते गरिएको हो र सोहीअनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी सम्बन्धित निर्माण व्यवसायीआपूर्तिकर्तालाई तोकिएको अवधिसम्म कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया