वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैंकका सीईओले बुझे २ करोड २५ लाख रुपैयाँ पारिश्रमिक

नबिल बैंकका सीईओले बुझे २ करोड २५ लाख रुपैयाँ पारिश्रमिक
अर्थटुडे
२०८३ आश्विन २५, आईतवार

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले गत आर्थिक वर्ष (आव) मा २ करोड २५ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक तथा सुविधा बुझेका छन् ।

बैंकले सार्वजनिक गरेको प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा सीईओले तलब, भत्ता तथा अन्य सुविधासहित कुल २ करोड २५ लाख ८१ हजार १३२ रुपैयाँ बुझेका हुन्। सीईओको निश्चित तलब तथा भत्ता मासिक १३ लाख ७८ हजार रुपैयाँ रहेको छ । यसअनुसार वार्षिक निश्चित तलब तथा भत्ता १ करोड ६५ लाख ३६ हजार रुपैयाँ हुन्छ ।

त्यस्तै, कर्मचारी बोनसबापत ३८ लाख ३५ हजार ६०८ रुपैयाँ र अन्य सुविधाबापत २२ लाख ९ हजार ५२४ रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख छ । बैंकले सार्वजनिक गरेको विवरणमा कार्यसम्पादनमा आधारित पारिश्रमिक भने उल्लेख गरिएको छैन ।

ज्ञवाली २०८२ जेठमा बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

३२ अर्ब ६ करोड रुपैयाँ पुँजी रहेको बैंकले २६४ शाखा, ३१६ एटिएम र १७ ओटा एक्सटेन्सन काउन्टरबाट सेवा दिइरहेको छ ।

४ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

गत विहिबार सम्पन्न बैंकको साधारण सभाले ५ प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीले भने ८ प्रतिशत लाभांश पाउनेछन् ।

५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँ नाघेको छ । सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध सञ्चालकका रूपमा निर्वाचित गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?