वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एशियन लाइफमा राजीनामाको लहर : सिइओ श्रेष्ठपछि स्वतन्त्र सञ्चालक कार्की पनि बाहिरिए

एशियन लाइफमा राजीनामाको लहर : सिइओ श्रेष्ठपछि स्वतन्त्र सञ्चालक कार्की पनि बाहिरिए
अर्थटुडे
२०८३ कार्तिक ११, मंगलवार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा राजीनामाको लहर चलेको छ । कम्पनीका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत लगानीकर्तालाई दिएको जानकारी अनुसार कार्कीले कार्यव्यस्तताको कारण देखाउँदै २०८३ कात्तिक ९ गते राजीनामा दिएका हुन् । उनको राजीनामा कम्पनीको कात्तिक १० गते बिहान ८ बजे बसेको सञ्चालक समितिको २२८ औँ बैठकबाट स्वीकृत भएको हो । उनी २०८२ असारमा मात्र कम्पनीको सञ्चालकमा नियुक्त भएका थिए ।

कार्की न्यूरोडस्थित जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीका अध्यक्ष समेत हुन् ।

यसअघि कम्पनीको सिइओ दिनेशलाल श्रेष्ठले पनि कार्यकाल सकिन २ वर्ष बाँकी रहदै राजीनामा दिएका थिए । बुधबारबाट कम्पनीको कार्यवहाक सिइओको जिम्मेवारी नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?