वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निफ्राको नाफा २०.१६ प्रतिशत घट्यो, अन्य सूचक कस्ता छन् ?

निफ्राको नाफा २०.१६ प्रतिशत घट्यो, अन्य सूचक कस्ता छन् ?
अर्थटुडे
२०८३ कार्तिक ११, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफा २०.१६ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको असोजसम्म १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २० करोड ८५ लाख ४० हजार रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी साथै कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाबापतको खर्च बढेपछि नाफामा दबाब परेको हो । चालु आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३४ करोड ४२ लाख ६५ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३७ करोड ३० लाख ९४ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ७.७३ प्रतिशत घटेको हो ।

यसैगरी समीक्षा अवधिमा कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाबापतको खर्च ३ करोड ८७ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ करोड २२ लाख ७२ हजार रुपैयाँ थियो ।

कर्जा र निक्षेप दुवै बढे
नाफा घटे पनि बैंकको कर्जा तथा निक्षेप विस्तार भएको छ । गत असोजसम्म बैंकको कर्जा तथा सापटी ३४ अर्ब १७ करोड ४७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा २६ अर्ब १८ करोड ४३ लाख ६७ हजार रुपैयाँ थियो । यसअनुसार कर्जा लगानी ३०.५ प्रतिशत बढेको छ ।

त्यस्तै, बैंकको निक्षेप १२ अर्ब ४५ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकसँग ७ अर्ब ८१ करोड ९६ लाख ६५ हजार रुपैयाँ निक्षेप थियो । समीक्षा अवधिमा निक्षेप ५४ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रति शेयर आम्दानी ३ रुपैयाँ ८ पैसामा झ¥यो
नाफा घटेसँगै बैंकको प्रति शेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ रुपैयाँ ८६ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिमा ३ रुपैयाँ ८ पैसा कायम भएको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.०३५ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात शून्य थियो ।

त्यस्तै, बैंकको आधार दर ६.८० प्रतिशतबाट घटेर ६.३६ प्रतिशतमा झरेको छ भने कोषको लागत ६.३४ प्रतिशतबाट घटेर ५.९१ प्रतिशत कायम भएको छ ।

पूर्वाधार विकास आयोजनाहरुमा लगानी गर्ने उद्देश्य सहित स्थापना भएको बैंकको चुक्ता पँुजी २१ अर्ब ६० करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चित मुनाफासहितको जगेडा कोष तथा अन्य सञ्चिति २ अर्ब ६७ करोड ३६ लाख ७० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?