काठमाडौं । चाडपर्वमा विभिन्न परिकार तयार गर्न सहज बनाउने उद्देश्यले माइडियाले आफ्नो फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा दशैं–तिहार लक्षित क्यासब्याक अफर सार्वजनिक गरेको छ।
नेपाली बजारमा उपलब्ध FSC-600BX र FSC-6016ES मोडलमा क्रमशः ६० लिटर क्षमताको ग्यास ओभन र ६१ लिटर क्षमताको इलेक्ट्रिक ओभन रहेका छन्। दुवै मोडलमा चारवटा ग्यास बर्नर, कन्भेक्सन फ्यान, इन्टेरियर लाइट र पुश–बटन इग्निसनजस्ता सुविधा छन्।
कम्पनीका अनुसार यी कुकिङ रेन्जमा दुई वर्षको वारेन्टी उपलब्ध छ। माइडियाका उत्पादन चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्समार्फत नेपालभरिका आधिकारिक डिलर, २२ वटा सीजी डिजिटल शोरुम र cgdigital.com.np बाट खरिद गर्न सकिन्छ। क्यासब्याक अफरमा कम्पनीका लागू सर्तहरू रहनेछन्।
प्रतिक्रिया