काठमाडौं । एभरेष्ट बैंकका प्रमुख व्यवस्थापकीय कर्मचारीहरुको खर्च २४ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ को सिइओ, डेपुटी सिइओ, डेपुटी जनरल म्यानेजर तथा सहायक जनरल म्यानेजरलाई वार्षित तलव तथा भत्ता गरी ८ करोड ९५ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस शिर्षकमा बैंकको खर्च ७ करोड २३ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
बैंकको प्रमुख व्यवस्थापकीय टीममा सिइओ सहित ७ जनाको दरवन्दी रहेको छ । जसमध्ये सिइओमा सुदेश खालिङ, डेपुटी सिइओमा योगेन्द्र सिंह उदावत, डेपुटी जनरल म्यानेजरमा केशवराज पौडेल, आशुतोष शर्मा, सिद्धार्थ राणा कार्यरत छन् ।
यस्तै दुई जनाको दरवन्दी रहेको सहायक जनरल म्यानेजर सन्तोष कुमार भट्टराई र विष्णु प्रसाद ज्ञवाली रहेका छन् ।
बैंकले वार्षिक प्रतिवेदनमा व्यवस्थापकीय समूहको सेवा सुविधामा भएको खर्च उल्लेख गरेपछि सिइओलाई गरेको भुक्तानीबारे छुट्टै जानकारी दिएको छैन ।
गत आर्थिक वर्षसम्ममा बैंकले १३३ शाखा, १५९ एटीएम, ३२ सरकारी राजश्व संकलन काउन्टर, ५ एक्सटेन्स काउन्टरबाट बैंकले सेवा दिदै आएको छ । बैंकमा हाल १ हजार २२७ जना कर्मचारी कार्यरत छन् ।
पञ्जाव नेशनल बैंकको समेत लगानी रहेको बैंकमा गत आवसम्ममा ३ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले गत आवमा ५ अर्ब ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
प्रतिक्रिया