काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कार्तिक ११ गते बसेको सञ्चालक समितिले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
गत आवमा बैंकले ३ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेकोमा विभिन्न कोष विभाजनपछि एक अर्ब ८१ करोड रुपैयाँ वितरणयोग्य नाफा छुट्याएको थियो ।
प्रतिक्रिया