काठमाडौ । प्रहरीले पक्राउ गरेकाे व्यवसायी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनकाे म्याद दिएकाे छ । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएकाे हाे । बिहीबार प्रहरीले पक्राउ गरी साेही दिन थप अनुसन्धानका लागि भन्दै म्याद थप्न भट्टलाई अदालत लगेकाे थियाे । न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई विहिबार काठमाडौबाट गरेको हो । भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान अगाडी बढेसँगै गत चैत १५ गते अध्यागमन विभागले भट्टलाई कालोसुचिमा राखेको थियो । प्रहरीले बोलाएपछि व्यवसायी भट्ट आज अपराह्न आफैं सीआईबी गएका थिए । सीआईबी पुगेपछि उनलाई पक्राउ पुर्जी दिइएको हो ।
उनलाई राजस्व छली, बैकिङ र बीमा सम्बन्धी कसुर, जस्ता चारवटा विषयमा अनुसन्धान गरिएको छ ।
।
प्रतिक्रिया