वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरुपछि देउवाको स्पष्टीकरणः मेरो जीवन ‘खुल्ला पुस्तक’

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरुपछि देउवाको स्पष्टीकरणः मेरो जीवन ‘खुल्ला पुस्तक’
अर्थटुडे
२०८२ चैत्र २५, बुधबार

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो र परिवारको सम्पत्ति सम्बन्धी विषय भ्रामक र झुट्टा भएको दावी गरेका छन् । उनले फेसवुकमा सम्पत्तिको बारेमा स्पष्टीकरण दिदै आफू र परिवारबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै सम्पत्तिसम्बन्धी विषयमा भ्रामक तथा झुटा प्रचार भएको दाबी गरेका हुन् ।

देउवाले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको उल्लेख गरेका छन्। उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा आफूले जीवनभर संघर्ष गरेको भन्दै आफ्नो जीवन “खुला पुस्तक” जस्तै रहेको उल्लेख गरेका छन्।

भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न आफूले पहल गरेको देउवाको भनाइ छ। गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री रहँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको स्मरण गराउँदै वास्तविकता समयक्रमसँगै स्पष्ट हुँदै जाने बताएका छन्।
देउवाले स्वास्थ्य उपचारका लागि हाल आफूहरू विदेशमा रहेको र उपचार जारी रहेको जानकारी पनि दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?