काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका बचत तथा ऋण सहकारीहरुको पुनरुत्थानका लागि करिब एक करोड रुपैयाँ बराबरको अन्तरर्राष्ट्रिय सहयोग जुटेको छ ।
बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत परिचालन गर्ने गरी दक्षिण कोरियाली केन्द्रीय बचत संघ (नाकूफोक) लगायतका संघसस्थाले उक्त सहयोगको घोषणा गरेका हुन् । मलेशियाली राजधानी क्वालालम्पुरमा जारी एशियन क्रेडिट युनियन फोरम २०२६ का अवसरमा आज आयोजित कार्यक्रममा नाकूफोकले ५० हजार डलर सहयोग प्रदान गरेको छ । यसबाहेक अन्य देशका संघसंस्थाहरुबाट थप ७ हजार डलर सहयोग गर्ने प्रतिवद्धता आएको नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीलबाट नुवाकोटका वेत्रावती, त्रिशुलीलगायतका क्षेत्रमा रहेका १५ वटा सहकारी संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसमध्ये १२ वटा सहकारीहरु बचत तथा ऋणका छन् ।
यसबाहेक बाढी प्रभावित जिल्ला रसुवा, धादिङ गोरखाका सहकारीकर्मीमा परेको प्रभावको अझै तथ्यांक संकलन हुन सकेको छैन ।
सहकारीका भवनदेखि कागजात, पासबुक, चेकबुक, कम्प्युटर र अन्य सामग्री बाढीमा बगेका वा नष्ट भएका छन् । कतिपय संस्थाका सञ्चालक र सेयर सदस्यले ज्यान गुमाएका छन् भने कैयौँ अझै बेपत्ता छन् ।
सहकारीका सदस्यहरुको घरवार विहिन हुँदा सहकारीको कर्जा समेत जोखिममा पर्ने देखिएको छ ।
बाढीले क्षतिग्रस्त भएका संस्थाहरु पुर्नसंचालनका लागि भौतिक सामाग्रीका साथै समस्यामा परेका सदस्यहरुको पुनरुत्थानका लागि सहूलियत ऋणलगायतका सहयोग आवश्यक रहेको सहकारीकर्मीले बताउँदै आएका छन् ।
साकोसहरुको पुरुत्थानका लागि अन्तरर्राष्ट्रिय क्षेत्रको सहयोगका लागि समेत समन्वयन गरिरहेको नेफ्स्कून अध्यक्ष ढकालले जानकारी दिए ।
पुनःस्थापनाको पहिलो चरण : एउटा ल्यापटपदेखि डाटा रिकभरीसम्म
अहिले नुवाकोटका प्रभावित सहकारीलाई ठूलो रकमभन्दा पनि केही आधारभूत सामग्री तत्काल आवश्यक देखिएको छ। कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी र दराज उपलब्ध भए अस्थायी कार्यालय सञ्चालन गर्न सकिन्छ। त्यसपछि सदस्यको विवरण संकलन, हराएको अभिलेख पुनःनिर्माण, डाटा रिकभरी र बैंक खातासँग सम्बन्धित काम अघि बढाउन सकिन्छ।
त्यसपछि मात्र अर्को चरण सुरु हुनेछ—बचत व्यवस्थापन, ऋण पुनर्संरचना, धितोको अवस्थाको मूल्याङ्कन र सदस्यलाई संस्थाको भविष्यबारे विश्वस्त बनाउने । यससँगै मानवीय क्षति व्यहोरेका सञ्चालक तथा सदस्यका लागि मनोपरामर्श र तनाव व्यवस्थापन पनि उत्तिकै आवश्यक देखिएको छ।
नुवाकोटका सहकारीकर्मीहरु के चाहान्छन् ?
बाढीले बगायो सहकारीको भवन र अभिलेख, अब कसरी फर्काउने सदस्यको विश्वास ?
प्रतिक्रिया