काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश दिएको छ । न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार पाण्डेलाई छाड्न आदेश दिएको हो ।
सरकारको मातहत आएको स्मार्ट टेलिकमको सम्पति लिलामीको गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई बुधबार पक्राउ गरेको थियो । त्यसविरुद्ध निरु दाहालले अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
यसअघि विहिबार न्यायाधिस अव्दुल अजीज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण देखाउ आदेश जारी गर्नुका साथै छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।
प्रतिक्रिया