वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“पुँजीगत खर्चको प्रबृत्तिले हामीले देखेको सपना पुरा हुदैन” -अर्थमन्त्री डा.वाग्ले

“पुँजीगत खर्चको प्रबृत्तिले हामीले देखेको सपना पुरा हुदैन” -अर्थमन्त्री डा.वाग्ले
अर्थटुडे
२०८३ बैशाख २९, मंगलवार

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्षको लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ पाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको अर्थसमितिको बैठकमा बोल्दै उनले १३ खर्ब रुपैयाँ बराबरको स्रोत राजस्वबाट आएपनि बाँकी ६ खर्ब हाराहारीको रकमको स्रोत अभाव रहेको बताए ।

उनले आगामी आर्थिक बर्षको लागि बजेट बनाउदा अस्वाभाविक अंक राख्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई सच्याइने बताए । जसले गर्दा यसपालीको बजेट छरितो र सानो आकारमा आउनेतर्फ उनको संकेत थियो ।

उनले अहिले सरकारले साढे १९ खर्ब माथिको बजेट विनियोजन गरेको भए पनि खर्च १६ खर्ब बराबर मात्र गर्न सक्ने अवस्था रहेको जानकारी दिए ।
बजेट निर्माणका क्रममा अस्वाभाविक अंक राख्ने विगतदेखिको प्रवृत्तिले यो अवस्था आएको उनले बताए ।

त्यस्तै उनले पुँजीगत खर्च ज्यादै न्युन अर्थात् २ खर्बको हाराहारीमा पनि नभएको बताउदै यसरी आफूहरुले चाहेको आर्थिक बृद्धि हुन नसक्ने बताए । उनले भने, “पूँजीगत तर्फ २ खर्ब मात्र हाराहारी खर्च हुने गरेको छ, यो खर्चले हामीले देखेका सपना पूरा हुदैन ।”

उनका अनुसार सोही कारण पनि अर्थतन्त्रको विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको छ ।

चालु आवमा विनियोजन गरिएको बजेट खर्च बढाउन इमर्जेन्सी मोडमा काम गरिएको समेत उनले जानकारी दिए । असार मसान्तसम्म पूँजीगत खर्च अहिलेसम्मकै धेरै हुने उनको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?