वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म

विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म
अर्थटुडे
२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडाै । सरकारले बैंकिङ क्षेत्रमा बढ्दै गएको गैर बैकिङ सम्पत्तिको व्यवस्थापन गर्न कम्पनी खडा गर्ने भएको छ । विषेष कानुनी अधिकार सहित पुस मसान्तसम्म राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने सरकराले जनाएको छ । यसअघि घोषणा भएपनि स्थापना हुन नसकेको कम्पनी आगामी पुस मसान्तसम्मको समयसीमा तोकेर घोषणा गरेका हुन् ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै बैंकहरुको बढ्दो खराब कर्जा र गैरबैंकिङ सम्पती व्यवस्थापन गर्न यस्तो कम्पनी बनाउने घोषणा गरेका हुन् । यस्तो कम्पनी स्थापनाका लागि चालु आवकै बजेट र मौद्रिक नीतिमा घोषणा गरिएको थियो । बैंक, वित्तीय संस्थाको खराब कर्जा वृद्धिसँगै बैंकरहरुले यस्तो कम्पनीको माग गर्दै आएका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?