वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्मचारीको तलव २१ प्रतिशतले बृद्धि

कर्मचारीको तलव २१ प्रतिशतले बृद्धि
अर्थटुडे
२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौ । सरकारले कर्मचारीहरुको तलव २१ प्रतिशतले बृद्धि गरेको छ । अहिलेसम्ममा महंगीदर १७ प्रतिशत भन्दा बढी भएको र कर्मचारीहरुको तलव कम भएको भन्दै सरकारले उनीहरुको तलव २१ प्रतिशतले बढाएको हो ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघिय संसदमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै कमचारीहरुको तलव बढाएको बताएका हुन् । उनका अनुसार सरकारले सुरुको स्केलमा १० प्रतिशत र नयाँ तलवमानमा १० प्रतिशत मासिक प्रोत्साहित भत्ता दिने जानकारी दिए ।

त्यस्तै उनले महंगी भत्तालाई यथावत राखेको समेत बताए । उनका अनुसार अव कर्मचारीहरुको न्युनतम तलव ४० हजारदेखि बढीमा १ लाख रुपैयाँसम्म पुग्ने छ । यो तलव स्केल आगामी साउन १ गतेदेखि लागु हुने पनि अर्थमन्त्री डा.वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?