वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्वप्रधानमन्त्री देउवाका छोरा जयविरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बोलायो (सूचनासहित)

पूर्वप्रधानमन्त्री देउवाका छोरा जयविरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बोलायो (सूचनासहित)
अर्थटुडे
२०८३ असार २३, मंगलवार

काठमाडौं । सरकारले उच्च पदस्थ व्यक्ति जोडिएका मुद्दाहरुमा अनुसन्धानलाई तिव्रता दिइरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई विभागमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।

विभागले २०८३ असार २३ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै जयविरलाई ७ दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । जारी सूचना अनुसार, सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा जयविरसँग केही कुरा बुझ्नुपर्ने भएकाले उनलाई बोलाइएको हो ।

सूचनामा भनिएको छ : ‘यो सूचना प्रकाशन भएको मितिले बाटोको म्याद बाहेक ७ (सात) दिनभित्र ललितपुर, पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा हाजिर हुन आउनुहुन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम यो सूचना प्रकाशन गरिएको छ ।’

विभागले म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।

जयविर सम्पर्कमा नआएपछि विभागले यो सूचना सोमबारै देउवा निवास बुढानिलकण्ठमा टासेको छ । स्रोतका अनुसार उनी पनि आमावुवासँगै लामो समययता नेपाल बाहिर रहँदै आएका छन् ।

यसअघि विभागले देउवा पत्नी आरजु विरुद्ध पनि यस्तै प्रकृतिको व्यहोरो उनको क्षतिग्रस्त निवास वुढानिलकण्ठमा टासेको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?