वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चैत मसान्तसम्म नेपालको व्यापारघाटा १३ खर्ब

चैत मसान्तसम्म नेपालको व्यापारघाटा १३ खर्ब
अर्थटुडे
२०८३ बैशाख ७, सोमबार

काठमाडौ । चालु आर्थिक बर्षको ९ महिनामा नेपालको व्यापारघाटा १२ खर्ब ६७ अर्ब पुगेको छ । यो घाटा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको चैत मसान्तसम्ममा नेपालमा जम्मा ११ खर्ब २१ अर्ब रुपैयाँ व्यापारघाटा रहेको थियो ।

त्यस्तै चैतसम्ममा नेपालको निर्यात १८.४६ प्रतिशत बृद्धि भएर २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा नेपालबाट जम्मा १ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो ।

त्यस्तैगरी यो अवधिमा नेपालमा आयात हुने सामानहरुको १३.८२ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा नेपालमा १४ खर्ब ९० अर्ब अर्थात् झण्डै १५ खर्ब बराबरको आयात भएको छ । गत आर्थिक बर्षको चैत सम्ममा यस्तो आयत १३ खर्ब ९ अर्ब रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?