काठमाडौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले दोस्रो पटक ११ वटा समस्याग्रस्त सहकारीका १०९ वटा ठूला ऋणीहरुको नाम प्रकाशित गरी तुरुन्त कर्जा तिर्न आउन आग्रह गरेको छ ।
समितिले बैशाख २३ गतेको निर्णय अनुसार शुक्रबार दोस्रो पटक ठूला ऋणीहरुको नाम प्रकाशित गरेको हो । दोस्रो पटक कृषि विकास बहुदेश्यीय सहकारी संस्था लिमिटेडको १०, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको लिमिटेडको १०, लुनिभा बहुदेश्यीय सहकारी संस्था लिमिटेडको ९ ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको हो ।
त्यस्तै समितिले हाम्रो कृषि सहकारी संस्था लिमिटेडको १०, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि.को १०, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०, पशुपति सेभिड एण्ड क्रेडिट लिमिटेडको १०, शिवशिखर बहुदेश्यीय सहकारी संस्था लिमिटेडको १०, स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको १० र लालिगुँरास बहुदेश्यीय सहकारी संस्था लिमिटेडका १० ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको छ ।
समितिले गत २४ गते १० ठूला सहकारीका ९२ जना ठूला ऋणीहरुको नाम प्रकाशित गरेको थियो ।
ठूला ऋणीहरुमा लालिगुँरास बहुदेश्यीय सहकारी संस्थाबाट भने एक संचार माध्यम समेत ठूला ऋणीमा परेको छ । त्यस्तै सो संस्थाको भने सवैभन्दा बढी ठूला ऋणीहरुमा कम्पनी देखिन्छ ।



सम्बन्धीत समाचारहरू
समस्याग्रस्त सहकारीका ९२ ठूला ऋणी सार्वजनिक, ऋण नतिरे कानुनी कारबाही
समस्याग्रस्त सहकारीका ९२ ठूला ऋणी सार्वजनिक, ऋण नतिरे कानुनी कारबाही
प्रतिक्रिया