जलवायु परिवर्तन अहिले विश्वकै ठूलो चुनौती बनेको छ। तर यही चुनौतीलाई अवसरमा बदल्ने प्रयास नेपालमा पनि सुरु भएको छ। यस भिडियोमा हामीसँग हुनुहुन्छ इन्जिनियर तथा जलवायु उद्यमी पल्लबी कुँवर, Appropriate Technology Lab की सञ्चालक ।
उहाँसँगको कुराकानीमा नेपालमा क्लाइमेट टेक्नोलोजी, कार्बन ट्रेडिङ, बायोचार, किसानको आम्दानी र जलवायु उद्यमको सम्भावना बारे चर्चा गरेका छौं। ६० टन बायोमासबाट १० टनसम्म बायोचार उत्पादन गर्ने प्रविधि, किसानलाई कार्बन बजारसँग जोड्ने प्रयास, दक्षिण कोरियाको अध्ययनपछि नेपाल फर्किएर सुरु गरेको यात्रा र महिला जलवायु उद्यमीका चुनौतीबारे पल्लबी कुँवरले आफ्ना अनुभव साझा गर्नुभएको छ।
नेपालमा जलवायु परिवर्तनलाई समस्या मात्र होइन, अवसरका रूपमा कसरी उपयोग गर्न सकिन्छ ? कार्बन कारोबारले किसान र युवालाई कसरी नयाँ सम्भावना दिन सक्छ ? हेर्नुहोस् यो विशेष अन्तर्वार्ता ।
प्रतिक्रिया