वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्यान महासंघ–फेजाको सहकार्यमा ‘एआई इन जर्नलिज्म’ कार्यशाला साउन १० मा

क्यान महासंघ–फेजाको सहकार्यमा ‘एआई इन जर्नलिज्म’ कार्यशाला साउन १० मा
अर्थटुडे
२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र महिला आर्थिक पत्रकार संघ (फेजा) को संयुक्त आयोजनामा जुलाई २६ (साउन १०) मा ‘एआई इन जर्नालिज्म वर्कसप’ आयोजना हुने भएको छ। बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुने कार्यशालामा न्युजरुममा एआईको प्रभावकारी प्रयोग, भ्रामक सूचना तथा फेक न्युज नियन्त्रणका उपायबारे व्यावहारिक प्रशिक्षण दिइनेछ।

कार्यशालामा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा, फेजा, सनवे कलेज काठमाडौं र टेक ब्लगर्स एशोसिएशन अफ नेपाल (टिबान) को सहकार्य रहनेछ। कार्यक्रममा टिबानका संस्थापक तथा कान्तिपुर नियोका सीटीओ रितेश घिमिरे मुख्य प्रशिक्षक र सनवे कलेजकी एआई रिसर्च को-अर्डिनेटर प्रविज्ञा आचार्य सह-प्रशिक्षकका रूपमा सहभागी हुनेछन्।

कार्यशालामा एआई–सहायता प्राप्त समाचार संकलन, डेटा जर्नलिज्म, सम्पादकीय एआई टुल्स, कन्टेन्ट निर्माण, भिडियो सम्पादन तथा एआईको जिम्मेवार प्रयोग लगायत विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?