काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय सहकारी बैंकको आगामी जेठ ९ गने हुने निर्वाचनमा अति राजनीतिकरण गरेको छ । सोमबार जिल्ला तथा प्रदेशका कमिटिहरुलाई निर्देशन जारी गरी बैंकका संचालक पदका उमेदवार परितोष पौडेललाई जिताउन सर्कुलर जारी गरेपछि सहकारी बैंकमा अति राजनीतिकरण भएको प्रमाणित भएकाे छ ।
एमालेका कार्यालय सचिव डा.भिष्म अधिकारीको हस्ताक्षरमा जारी गरेको निर्देशनमा भनिएको छ, ‘निर्वाचनमा हाम्रो पार्टी नेकपा एमाले सहित नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी साझा उमेदवार बनाउने सहमति गरिएको छ, । अन्य प्रदेशमा निर्वाचन निर्विरोध सम्पन्न भइसकेको छ।’
‘वाग्मती प्रदेशमा क.परितोष पौडेललाई तीन दलको साझा उमेदवार बनाइएको छ, उहाँलाई निर्वाचित गराउन सम्बन्धीत कमिटीहरु र अन्य सरोकारवाला पक्षहरुसँग समन्वय गर्नु गराउनु हुन निर्देशन अनुसार अनुरोध गर्दछु ।’
यसअघि सहकारी बैंकमा राजनीति देखिने गरी नघुसेपनि यसपटक भने खुलेआम राजनीतिकरण भइरहेको देखिन्छ ।

सम्बन्धीत समाचारका लिंकहरु
सहकारी बैंकको चुनावमा एमालेभित्र मौन विद्रोह
सहकारी बैंकको निर्वाचनमा तीन दलको नांगो हस्तक्षेप, साक्षी बन्दै सहकारी महासंघ
सहकारी बैंकको निर्वाचनमा तीन दलको नांगो हस्तक्षेप, साक्षी बन्दै सहकारी महासंघ
सहकारी बैंकमा अध्यक्षको ‘सेमिफाइनल’ : शर्मा कि पौड्याल ?
नयाँ नेतृत्वको बाटो खुला गर्दै चुनावी मैदानबाट बाहिरिए सहकारी बैंक अध्यक्ष गिरी
नयाँ नेतृत्वको बाटो खुला गर्दै चुनावी मैदानबाट बाहिरिए सहकारी बैंक अध्यक्ष गिरी
प्रतिक्रिया