काठमाडौं । सहकारी क्षेत्रको एकमात्र व्यवसायीक बैंक राष्ट्रिय सहकारी बैंकमा तीन दलको समर्थन लिएर निर्वाचित भएका सञ्चालक परितोष पौड्याल अध्यक्षमा भने पराजित भएका छन् ।
अध्यक्ष छनोटका लागि विहिबार सात जना सञ्चालकवीच निर्वाचन भएको थियो । जसमा कोशी प्रदेशका सञ्चालक लक्ष्मीप्रसाद उप्रेतीले ५ मत ल्याएर निर्वाचित हुँदा वागमती प्रदेश सञ्चालक पौड्यालले भने २ मत मात्र पाएर पराजित भए ।
पौड्याल गत शनिबार भएको वागमती प्रदेशको सञ्चालकमा तीन ओटा राजनीतिक दल एमाले, कांग्रेस र नेकपाको समर्थनमा निर्वाचित भएका थिए । पौड्याललाई मतदान गर्न एमाले पार्टीको लेटरप्याडमा ह्वीप जारी गरेको थियो ।
तीनवटै पार्टीका नेता मञ्चमा राखेर भोट माग्न लगाएका पौड्यालले सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेशप्रसाद पोखरेल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बोकेर देश दौडाहा गरेका थिए ।
सञ्चालकको निर्वाचनका पार्टीको सहारा लिएर अनुकुलको वातावरण बनाएका पौड्यालको लागि अध्यक्षमा भने सहज हुन सकेन । बुधबार सपथग्रहण लगत्तै बसेको सञ्चालकको बैठकमा पौड्यालले तीन दलको सहमति र पार्टीको आधिकारीक भन्दै आफुलाई अध्यक्ष बनाउन प्रस्ताव गरे । तर, निर्वाचित सञ्चालकले पार्टीको क्याडरका रुपमा बैंकमा नआएको र त्यस अनुसार अध्यक्ष छनोट नगर्ने भन्दै विरोध जनाए ।
त्यसपछि जेष्ठ सदस्यका रुपमा बैंकको अध्यक्षता गरिरहेका उप्रेतीले पनि अध्यक्षको दावेदारी पेश गरे । उनले आफु बैंकमा अनुभवी रहेको, ठुलो संस्थाबाट प्रतिनिधित्व गरेको र सबैले समर्थन गर्ने जनाउ दिए ।
अध्यक्षमा २ जनाको दावी परेपछि सञ्चालक समितिमा सहमतिका लागि भोलीपल्ट (विहिबार) १२ बजेसम्मको सयम दिने र नभएमा निर्वाचन गर्ने छलफल भयो । सहमति हुन नसकेपछि निर्वाचनबाट अध्यक्षको छनोट भएको हो ।
निर्वाचनमा पौड्याललाई गण्डकी प्रदेशकी सञ्चालक कमला देवी गिरीको मात्र समर्थन रह्यो । बाँकी कांग्रेस र नेकपा निकट सञ्चालकहरुले उप्रेतीलाई समर्थन गरेका थिए ।
उप्रेतीको पक्षमा ठुला सहकारी संस्थाका सञ्चालकहरु, बैंकका पुर्व सञ्चालकहरु र सहकारी संस्थाको सिइओहरु लागेका थिए । उनीहरुले पौड्याल राजनीतिक व्यक्ति भएको भन्दै बैंकमा राष्ट्र बैंकले पत्याउने व्यवसायीक नेतृत्व आवश्यक रहेको भन्दै उप्रेतीको पक्षमा दवाव दिएका थिए ।
सहकारीकर्मीबाट व्यापक दवाव र समर्थन पाएपछि उप्रेतीले ‘फ्लोर क्रस’ गर्ने आट देखाएका हुन् ।
पोखरेलको चलाखी !
सञ्चालकको निर्वाचनमा पौड्याललाई जिताउन कम्मर कसेर लागेका सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेल अध्यक्ष चयनमा भने मौन देखिए । वागतमी प्रदेश सञ्चालकमा पार्टीको ह्वीप भन्दै पौड्यालको पक्षमा खुलेपनि अध्यक्ष छनोट गर्ने बेलामा उनी भारत गए । स्रोतका अनुसार उप्रेतीसँग पारिवारीक नाता (सालो-भेना) भएका कारण उनी उप्रेती अध्यक्ष बनुन् भन्ने चाहान्थे, तर समर्थन गर्न पार्टीको ह्वीपले अप्ठेरो पर्ने भएपछि निर्वाचन छल्न हिडेका हुन् । ‘बैंकको निर्वाचनमा कसैले जित्यो भने त्यो रमेश पोखरेलले हो’ स्रोतले भन्यो ।
बैककाे निर्वाचनबारे समाचारहरू पढ्नुहाेस्…..
- https://www.arthatoday.com/agriculture/24898/
- https://www.arthatoday.com/agriculture/24836/
- https://www.arthatoday.com/agriculture/24832/
- https://www.arthatoday.com/agriculture/24825/
- https://www.arthatoday.com/news/24815/
- https://www.arthatoday.com/agriculture/24761/
- https://www.arthatoday.com/agriculture/24746/
- https://www.arthatoday.com/agriculture/24740/
- https://www.arthatoday.com/bank/24725/
- https://www.arthatoday.com/bank/24725/
प्रतिक्रिया